अर्थ

धुलिखेल उद्योग वाणिज्य संघको विशेष सभा

धुलिखेल,

विधान संशोधनका लागि धुलिखेल उद्योग वाणिज्य संघको विशेष साधारण सभा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकालको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो । संघका महासचिव सुवासकाजी श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उक्त समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य कृष्णप्रसाद ताम्राकार, काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीलाल राजभण्डारी, धुलिखेल समाज काठमाडौंका अध्यक्ष देवमन्दिर खोजू, भक्तपुर उद्योग वाणिज्य संघका कावा अध्यक्ष प्रज्वल जोन्छे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संघका अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन संघका प्रथम उपाध्यक्ष चुनियालाल श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम अनमोल माकजूले संचालन गर्नुभएको थियो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।