अर्थ मुख्य समाचार

यस्तो छ आर्थिक वर्ष २०७७-७८ को अर्थमन्त्रीले गरेको बजेट [पूर्णपाठ]

सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ का लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। आज संसदमा अर्थमन्त्री युवराज खतिवडाले पेश गर्नुभएको बजेट अघिल्लो आर्थिक वर्ष भन्दा ५८ अर्बले घटेर आएको छ। चालू आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब बजेट विनियोजन गरिएको थियो।

पूँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ (२३.९ प्रतिशत) विनियोजन गरिएको अर्थमन्त्री डा. खतिवडाले बताए। यसै गरी आगामी आर्थिक वर्षका लागि सरकारले चालू खर्च ९ खर्ब ४८ अर्ब ९४ करोड (६४.४ प्रतिशत) विनियोजन गरेको छ।

सरकारले ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलनबाट उठाउने एवं वैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ जुटाउने छ।

बजेटको पूर्णपाठ:

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।