अर्थ

बजेट २०७७: बजेट परम्परागत तथा हास्यास्पद - पुर्व प्रधानमन्त्री भट्टराई [भिडियो]

पुर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बजेट परम्परागत रुपमा आएकाले वर्तमान समस्याको समाधान गर्न नसक्ने बताउनुभयो। आजको बजेट भाषणपछि कुराकानी गर्दै डा. भट्टराईले कोरोनाको संकटका बेला परेको असर न्यूनीकरण गर्ने गरी बजेट आउन नसकेको बताए।

वित्तीय व्यवस्थापनको क्षेत्रमा सिद्धान्तको रुपमा ठिक रहेको उल्लेख गर्दै उहाँले कोरोना महामारीबाट न्यूनिकरणको लागि गरिएको व्यवस्था, व्यवसायीलाई राहत दिने, रोजगारी सिर्जना गर्ने, कृषि क्षेत्रमा प्राथमिकता दिने कुरा कार्यान्वयनमा जान कठिन हुने गरी बजेट ल्याइएको बताउनुभयो।

बजेट चालु आर्थिक वर्षको भन्दा कम भएको र राजस्व समेत घटेको अवस्थामा विशेष क्षेत्रलाई बढी लक्षित गरेर बजेट ल्याउनुपर्ने बताउनुभयो। स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट ९० अर्ब मात्र रहेकोले अहिलेको परिस्थितिसँग जुध्न कठिन हुने बताउनुभयो।

‘दशौं लाख नेपाली विदेशबाट रोजगार गुमाएर फर्कदैछन् र उनीहरु प्राय अब ग्रामीण क्षेत्रमा हुनेछन् त्यसैले बजेट कृषि क्षेत्रमा बढी हुनपर्छ भन्ने थियो तर पोहोर साल कृषिको बजेट ३४ अर्ब थियो, अहिले ४१ अर्ब छ, सात अर्ब मात्र कृषिमा लगानी गरेर १०-१५ लाख युवालाई राेजगारी सिर्जना गर्न सक्नुहुन्छ, सक्नुहुन्न।'

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।