राजनीति

संसद्‍मा बाबुराम भट्टराईले मागे प्रधानमन्त्री ओलीको राजीनामा

पुर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

शुक्रबार देखि सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीले राजीनामा दिन उपयुक्त हुने सुझाव दिए । उनले प्रधानमन्त्री भइसकेका व्यक्ति अभिभावक भएर बस्नुपर्ने अवस्था आएको बताए । यसैले “राजीनामा दिनुनै उपयुक्त हुन्छ”

सम्बोधन कै क्रममा सरकारले द्वन्द्वकालिन मुद्दा समाधानका लागि सरकारले भुमिका नखेलेको तथा पार्टी विभाजन गराउनका अध्यादेश ल्याएको भन्दै आक्रोश पोखे ।

एसईई परिक्षा लिन आवश्यकता छैन
प्रतिनिधिसभाको बैठकमा बोल्दै डा. भट्टराईले एसईई परिक्षा लिन आवश्यकता नै नभएको बताएका छन् । तत्काल उनीहरुको परिक्षा लिन संभव पनि नभएको र लिन आवश्यक समेत नभएको बताएका हुन्।

'यसैपनि हाम्रो माध्यमिक शिक्षा १२ सम्म हो। १२ कक्षाको अन्त्यमा परिक्षा हुन्छ। १० कक्षाको अन्तिममा लिइने परीक्षा लिन आवश्यकतै छैन। विद्यालयलाई आन्तिरक रूपमा नै मूल्यांकन गर्न भने हुन्छ,' उनले भने।

कोरोनाको परीक्षणको विस्तार गर
डा. भट्टराईले कोरोनाको परीक्षणको दायर विस्तार गर्न माग गरे। उनले अहिले परिक्षणको संख्या नगण्य रहेको तथा नेपालमा प्रति दश लाख जम्मा ५ सय जनाको मात्र परिक्षण भएको असन्टुष्टी जनाए । कोरोना नियन्त्रणमा सरकार गैरजिम्मेवार रहेको पनि उनले दाबी गरे ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।