शिक्षा

कक्षा ११ र १२ को परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरस संक्रमणको जोखिमका कारण कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको परीक्षा बोर्डको बैठकले वैशाख २१ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा र वैशाख ८ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा अर्को सूचना जारी नहुञ्जेलका लागि स्थगित गर्ने निर्णय गरेको हो।

कोरोनाभाइरस संक्रमणको अवस्थामा सुधार भएर सामान्य अवस्था सिर्जना भएपछि परीक्षाको नयाँ तालिका प्रकाशित गरिने बोर्डले जानकारी दिएको छ।

यसअघि सरकारले कोरोनाको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई)पनि स्थगित गरेको थियो । अन्तिम समयमा परीक्षा स्थगित गरिएको भन्दै कतिपयले सरकारको आलोचना गरेका थिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।