मुख्य समाचार शिक्षा

एसइई २०७६को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षाफल प्रमाणित गरी सार्वजनिक गरेको हो। बोर्डका एक सदस्यले आज बसेको बैठकले परीक्षाफल प्रकाशित भएको जानकारी दिएका हुन्।

परीक्षा नियन्त्रण कार्यालयले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो। सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो।

एसइई २०७६को परीक्षा दिन ४ लाख ८० हजारले फाराम भरेका थिए। कोरोना महामारीका कारण परीक्षा स्थगित भएपछि सम्बन्धित विद्यालयले पठाएको आन्तरिक मूल्यांकन नतिजा रुजु गरेर सार्वजनिक गरिएकाे हो।

यसरी हेर्न सकिन्छ एसइईको नतिजा
परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट see.gov.np, राष्ट्रिय परीक्षा बोर्डको neb.gov.np, शिक्षा विभागको doe.gov.np, शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np र नेपाल टेलिकमको see.ntc.net.np मा लग इन गरेर नतिजा हेर्न सकिन्छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।