ग्लोबल मुख्य समाचार

चार्टर्ड उडान कहिले ? भाडा कति ?

विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ। नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले जुन १६ देखि २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउन गरिने चार्टर्ड उडानको तालिका सार्वजनिक गरेको हो।

हिमालयले सार्वजनिक गरेको उडान तालिका अनुसार पहिलो उडान श्रीलङ्काको कोलम्बो र माल्दिभ्सको मालेबाट हुनेछ। यो गन्तब्यमा पहिलो उडानको ३८० डलर तोकिएको छ। कोलम्बोबाट हुने दोस्रो उडानको भाडा ४८० डलर निर्धारण गरिएको छ।

त्यसैगरी बङ्गलादेशको ढाकाबाट उडान गर्नका लागि १६५ डलर निर्धारण गरिएको छ। युएईको आबुधावीको भाडा ३६५ डलर तोकिएको छ। त्यस्तै साउदी अरेबियाको दम्मामबाट ४६५ डलर तोकिएको छ। सिङ्गापुर र मलेसियाको क्वालालम्पुरका लागि ३७२ डलर भाडादर कायम गरिएको हिमालयले विज्ञप्तिमार्फत जनाएको छ।

सरकारको निर्णयअनुसार कोभिड–१९ महामारीबाट विभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने अनुमतिअनुरुप उडान तालिका बनाइएको हिमालयले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो। त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ। नेपाल एयरलाइन्सको वाइड बडी जहाजले आइतबार बङ्गलादेशबाट २५८ नेपालीको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काएको थियो।

देशदेश
जुन १४ढाका, बङ्गलादेश
जुन १५माले(माल्दिभ्स), क्वालालम्पुर(मलेशिया)
जुन १६दुबई, दोहा (कतार)
जुन १७बैंकक (थाइल्याण्ड), सिड्नी (अष्ट्रेलिया), बहराइन
जुन १८रियाद(साउदी अरेबिया), दुबई
जुन १९कुवेत, नारिता (जापान)
जुन २०साइप्रस, क्वालालम्पुर, दोहा(कतार)
जुन २१सोल(दक्षिण कोरिया), मस्कट(ओमान)
जुन २२मेल्बर्न, बैंकक : सम्भावित
जुन २३नारिता (जापान), माले
जुन २४जेद्दाह (साउदी अरब), कुवेत : सम्भावित
जुन २५लसएन्जलस या डालस (अमेरिका) : सम्भावित

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।