समाचार समाज

धुलिखेलबाट पलाञ्चोकसम्म केबलकार

सरकारले काभ्रेमा पनि केबुलकार सञ्चालन गर्ने योजना अघि सारेको छ । काभ्रेको सदरमुकाम धुलिखेलदेखि पलाञ्चोक भगवती मन्दिरसम्म ११ किलोमिटर केबलकार सञ्चालनका लागि सरकारले तयारी सुरु गरेको हो । नेपालकै प्रशिद्ध देवी मन्दिरहरुमा पर्ने पलाञ्चोक भगवतीमा बर्षेनी हजारौं भक्तजनहरु आउने गरेका छन् ।

उनीहरु तथा काभ्रेआउने पर्यटकलाई लक्षित गर्दै केबलकार सञ्चालनको योजना बनाइएको बताइएको छ । केबलकार सञ्चालन भए धुलिखेलदेखि पलाञ्चोक भगवतीसम्म पुग्नका लागि जम्मा ३५ मिनेटमात्रै लाग्ने बताइएको छ । धुलिखेलदेखि पलाञ्चोकसम्म केबलकार सञ्चालनका लागि ५३ करोड रुपैयाँ लगानी गर्नुपर्ने देखिएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।