राजनीति

राष्ट्रियसभा एक तिहाइ सदस्यको निर्वाचन माघ ७ देखि ११ गतेसम्म हुने

राष्ट्रिय सभाको रिक्त एक तिहाइ सदस्यको लागि निर्वाचन आउदो माघ ७ देखि ११ गतेभित्र हुने भएको छ ।संघीय संसदले ५९ मध्ये १९ जना सदस्यको कार्यकाल फागुन २० गते सकिने भएकाले निर्वाचन गरिदिन निर्वाचन आयोगलाई पत्र पठाएपछि आयाेगले सो मिती प्रस्ताव गरेकाे हाे।

फोटो: राष्ट्रिय सभा वेबसाईट

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार पदावधि सकिनुभन्दा कम्तिमा ३५ दिनअघि निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ। त्यस अनुसार माघ १५ गतेभित्र चुनाव गरिसक्नुपर्ने प्रावधान छ।

संघीय संसदको बैठक सुरु भएको दुई वर्ष पूरा भएसँगै फागुन २० गते निर्वाचित १८ र राष्ट्रपतिबाट मनोनित एक जना अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिँदैछ।

यो निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्यबाट सात जनाको चयन हुनेछ । निर्वाचनका लागि प्रदेशसभा सदस्य, गाँउपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेको निर्वाचन मण्डल रहनेछ ।

दुई वर्षमा कार्यकालमा रिक्त हुन लागेका स्थान-

प्रदेशनामसमुहदल
प्रदेश १खेमराज नेपालीदलितनेकपा
 सरिता प्रसाईमहिलानेपाली कांग्रेस
 हरिचरण शिवाकोटीअन्यनेकपा
प्रदेश २मुक्ताकुमारी यादवमहिलानेपाली कांग्रेस
 रमेशप्रसाद यादवअन्यराजपा नेपाल
 रामपृत पासवानदलितसमाजवादी पार्टी
 वृषेशचन्द्र लालअपाङ्गता/अल्पसंख्यकराजपा नेपाल
प्रदेश ३धनकुमारी खतिवडामहिलानेपाली कांग्रेस
 बलराम बाँस्कोटाअन्यनेकपा
गण्डकीविन्दादेवी आले रानामहिलानेपाली कांग्रेस
 सुरेन्द्रराज पाण्डेअन्यनेपाली कांग्रेस
प्रदेश ५दुर्गाप्रसाद उपाध्यायअन्यनेपाली कांग्रेस
 मिना बुढामहिलानेकपा
 राजकुमार कुँवरअपाङ्गता/अलपसंख्यकनेकपा
कर्णालीकालिबहादुर मल्लअन्यनेकपा
 युटोल तमाङमहिलानेकपा
सुदूरपश्चिमकमलाकुमारी ओलीमहिलानेकपा
 बद्रीप्रसाद पाण्डेअन्यनेपाली कांग्रेस
मनोनितयुवराज खतिवडा राष्ट्रपतिबाट मनोनित

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।