मुख्य समाचार राजनीति

सरकारको पुर्ण रुपमा असफल - प्रकाशमान सिंह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली सेना सडकमा परिचालन भएको र अनायसै जनतालाई दुख दिएको भन्दै असन्टुष्टी प्रकट गरेका छन। नेता सिंहले शान्ति सुरक्षाको जिम्मेवारी प्रहरीको भए पनि काठमाडौका सडकमा सेना किन देखिएको भन्ने प्रश्न गरेका छन्।

यसैगरी उनले सरकारले आफ्नो कमजोरीलाई अर्को तर्फ मोड्नका लागि लामो नीति तथा कार्यक्रम आरोप लगाएका छन् ।

सरकारले आफ्नो कमजोरीलाई ढाकछोप गर्न, आफूले डेलिभर गर्न नसकेको कुरालाई अर्कातिर डाइभर्ट गर्न, भ्रष्टचारलाई ढाकछोप गर्न यति लामो नीति तथा कार्यक्रम ल्याएको रहेछ ।

सरकारको नीति तथा कार्यक्रम हेर्दा सरकारको पुर्ण रुपमा असफल देखिएको उनले बताए।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।