राजनीति

नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा अधिकारी

नेपाली कांग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ । दुई वर्षे कार्यकाल पूरा गरेर सुरेन्द्र पाण्डे राष्ट्रियसभा सदस्यबाट बिदाइ भएपछि रिक्त रहेको उक्त पदमा पार्टीका सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले मंगलबार राष्ट्रियसभाका सदस्य अधिकारीलाई मनोनयन गरेका हुन् ।

सभापति देउवाले पार्टीको संसदीय दलको विधान बमोजिम अधिकारीलाई मनोनयन गरेको सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

हाल कांग्रेसको तर्फबाट राष्ट्रियसभामा ६ जना मात्र सांसद बाँकी छन ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।