समाज

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा पथरीका अशोक शंकर विजयी

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा पथरी जेसीजका संस्थापक अध्यक्ष अशोक शंकर विजयी भएका छन्। चितवनको रत्ननगरमा सम्पन्न ४६ औँ राष्ट्रिय महाधिवेशनबाट सन् २०२० का लागि उनी निर्वाचित भए।

पथरी जेसीज मोरङका पूर्वअध्यक्ष शंकरले ५५१ मत प्राप्त गरे। अध्यक्ष पदका अर्का प्रत्यासी बिसहजार जेसीजका अरुणेश्वर खनालले ५२७ र काभ्रे जेसीजका विकास मानन्धरले ४८७ मत मात्रै ल्याएका छन्।

क्र.सं उम्मेद्वारप्राप्त मत
अशोक शंकर - पथरी जेसीज५५१ - विजयी
अरुणेश्वर खनाल - बिसहजार जेसीज५२७
विकास मानन्धर - काभ्रे जेसीज४८७

कुल एक हजार ७१० मतमध्ये एक हजार ५६५ मत खसेको थियो।

कार्यकारिणी उपाध्यक्षमा देवदह जेसीजका विजय गुरुङ, हेटौडा लेडी जेसीजका शोभा खरेल, गैडाकोट जेसीजका गोकुल सापकोटा र त्रिभुवननगर जेसीजका लालमणि भण्डारी निर्वाचित भएका छन्। चार कार्यकारिणी उपाध्यक्षका लागि दश जनाको प्रतिस्पर्धामा उत्रिएका थिए।

क्र.सं उम्मेद्वारप्राप्त मत
विजय गुरुङ - देवदह जेसीज१,०७७ - विजयी
शोभा खरेल - हेटौडा लेडी जेसीज१,०११ - विजयी
गोकुल सापकोटा - गैडाकोट जेसीज९४५ - विजयी
लालमणि भण्डारी - त्रिभुवननगर जेसीज६९३ - विजयी
श्रीराम पौडेल - बालाजु जेसीज६१५
सुमरिता शर्मा - पाटन लेडी जेसीज५३४
राजेन्द्र घिमिरे - बुटवल जेसीज४०९
अतुल प्रसाई - बुधवारे जेसीज४०५
रुक्मणी सिग्देल - भकुन्डेबेसी जेसीज३७८
१०अरुण कुमार दाहाल - हेटौडा जेसीज१८९

उपाध्यक्षमा रामबहादुर बोगटी एक हजार २६३ मत, रमा प्याकुरेल एक हजार २७०, राकेश गुरुङ एक हजार २१५, कञ्चन झा एक हजार १०८, धीरज शाही एक हजार १००, मन्जु शाह ठकुरी एक हजार ७८, शिवप्रसाद भुसाल एक हजार ५६, विशाल थापा एक हजार २२, गणेशबहादुर साउद ९४२, अनवर हुसेन ८९०, कृष्ण सापकोटा ८५९ र गोविन्द पङ्गेनी ८२० मतका साथ विजयी भए।

बाह्र उपाध्यक्षका लागि १७ जनाको उम्मेदवारी परेको थियो।

महासचिवमा टेकराज रेग्मी, कोषाध्यक्षमा विमल रिमाल र कानूनी सल्लाहाकारमा राजेन्द्र घिमिरे मनोनीत भएका छन्।

नेपाल जेसीजको ७७ जिल्लामा १५३ शाखा छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।