समाज

नेपाल जेसीजमा चुनावी सरगर्मी बढ्यो

पनौती, ९ मंसिर । नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन नजिकिदै जाँदा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । उम्मेदवारहरु यतिवेला जेसीजका बिभिन्न शाखाहरुको भ्रमणमा व्यस्त रहेका छन् । चितवनको रत्ननगरमा आगामी पौष ९ देखि १२ गते सम्म हुने राष्ट्रीय महाधीवेशनका लागि उम्मेदवारी दर्ता गरि उम्मेदवारहरु देश दौडाहामा निस्किएका हुन् ।

राष्ट्रिय अध्यक्ष पदका उम्मेदवार देखि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष र राष्ट्रिय उपाध्यक्षका उम्मेदवारहरु समेत देश दौडाहामा छन् । महाधिवेशन बाट एक अध्यक्ष, ४ कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् । यसैबिच बर्ष २०२० का लागि राष्ट्रिय अध्यक्ष पदका उम्मेदवार अरुणेश्वर खनालले क्षेत्र ग मा आफ्नो शाखा भ्रमण सोमबार ऐतिहासिक तथा सांस्कृतिक प्राचिन नगर पनौतीबाट शुरु गरेका छन् ।

क्षेत्र ग मा सरल र उत्कृष्ट काम गरी सबै को मन जिते रहेका पनौती जेसीजका अध्यक्ष अनिस ब्लोन लामाको शाखा नै पहिलो भ्रमण गर्नुलाइ जेसीजमा अर्थपुर्ण रुपमा लिइएको छ । पनौती जेसीजको सचिवालयमा आयोजित उम्मेदवारी प्रर्वद्धन कार्यक्रममा बोल्दै खनालले राज्यको नीति निर्माण तहमा जेसीजको नेतृत्व पुग्न आबश्यक रहेको बताए । उनले जेसीजहरु विधिको शासन र लोकतान्त्रीक पद्धतीको कार्यान्वयनका लागि निरन्तर लाग्ने युबा भएकाले राज्यको नेतृत्वमा पुग्न आबश्यक रहेको उल्लेख गरे ।

खनालले आफुले जेसीजको नेतृत्व सम्हाल्ने अवसर पाएमा ४ वटा क्षेत्रमा क्षेत्रीय तालिम प्रतिष्ठानको कार्यालय स्थापना गरि सबै शाखालाई सहज तबरले तालिम प्रदान गर्ने बताए । पनौती जेसीज बर्ष २०१९ का अध्यक्ष अनिस ब्लोन लामाको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा उम्मेद्धवार खनालले आफ्नो उम्मेद्धवारी राज्यका विभिन्न अंगहरुसंग समन्वय गर्न, जेसीजका हरेक क्रियाकलापलाई परिणाममुखी बनाउन, राज्यको एक अभिन्न अंगका रुपमा स्थापित गराउदैँ निति निर्माण तहमा जेसीज नेतृत्वको उपस्थीती गराउने लक्ष्यका साथ आफु चुनावमा होमिएको बताए ।

कार्यक्रममा बीसहजार जेसीजका अध्यक्ष सन्तोष मजाकोटीले यस पटक जेसीजमा लामो अनुभव संगालेका खनाललाई विजयी गराउन आग्रह गरे। चितवनको बिसहजार जेसीजबाट २००४ मा सदस्यता लिएर २०१० मा शाखा अध्यक्ष, २०१२ मा राष्टिय उपाध्यक्ष, २०१३ मा राष्टिय महासचिव हुदैँ २०१६ मा राष्टिय कार्यकारीणी उपाध्यक्ष पद सम्हालेर कार्य अनुभव लिईसकेका खनाललाई शाखाले २०२० मा राष्टिय अध्यक्ष पदमा अगाडी सारेको अध्यक्ष सन्तोष मजाकोटीले बताए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।