समाज

परिक्षण गरिएका सबै सांसदको कोरोना रिपोर्ट नेगेटिभ

संघिय संसदका २१२ सांसदहरुको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । संघिय संसदका दुवै सदनका सांसदहररु, संसदका कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मीको स्वाब बिहीबार र शुक्रबार बिहान संकलन गरिएको थियो ।

बिहीबार संघिय संसद भवनमा थ्रोट स्वाब संकलन गरिएका २१२ सांसदसहित ४४१ जनाको रिपोर्ट नेगेटिभ आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका सुचना अधिकारी राजेश गुप्ताले जानकारी दिए ।

शुक्रबार बिहान बाँकी रहेका ६३ जना सांसदको स्वाब संकलन गरिएको छ र उनीहरु रिपोर्ट भने आउन बाँकी छ । आज स्वाब संकलन गरिएका सांसदहरुलाई बैठकमा सहभागी नगराउने तयारी सचिवालयको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।