समाज

देउसी भैलोको दक्षीणा सामाजिक कार्यमा

सदावहार ढकाल, गैरीविसौना, मंसिर विशुद्ध सामाजिक संस्था देउपुर – काभ्रे –

काठमाण्डौं सरोकार केन्द्र नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा करिव १,७०,००० ।– रुपैया दक्षिणा उठेको छ । सरोकार केन्द्रले कार्तिक २८ गते कपन क्षेत्र र २९ गते वौद्ध क्षेत्रमा विभिन्न भजन वालन लोक संस्कृति तथा लोक दोहरी जस्ता साँस्कृतिक कार्यक्रम गरेर उक्त रकम हात पार्न सफल भएको हो । सो प्राप्त रकम सरोकार केन्द्रले चौतारो निर्माण भएको स्थानम रेलिङ राख्ने,माहाङ्कालेश्वर मन्दिरमा रंगरोहन गरी गजुर प्रतिस्थापन गर्ने सहित माहाङ्कालेश्वर प्रा.वि. का विद्यार्थी छात्र छात्रा वालवालिकालाई सरोकार केन्द्रको लोगो राखि प्रत्येक विद्यार्थीलाई झोला वितरण गर्ने जस्ता सामाजिक कार्यमा उपयोग गरीने भएको छ । कार्यक्रमका संयोजक एवं सचिव टिका प्रसाद ढकालका अनुसार कार्यक्रम सभ्य र भव्य बनाउन सम्पूर्ण साथीहरुको सहयोग प्राप्त भएको जानकारी दिनु भयो । यस अघि सो संस्था ले बाटो घाटो, चौतारो, स्वास्थ्य शिविर जस्ता सामाजिक कार्यमा योगदान दिएको छ भने सामाजिक विकृतिका कार्यहरु जुवा तास ,जाड रक्सी, एवं आश्लिलताका कार्यमा कमी ल्याउन मद्धत गरेको छ । साकारात्म्क सोच भएका युवाले महत्वपूर्ण कार्यमा योगदान दिदैं आएका छन् । यसले देउपुरका स्थायी वासिन्दाले काठमाण्डौंमा वसोवास गरी युवा युवतीको सक्रियता र परिवर्तनको सोच उदाहरणीय छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।