समाज

सरोकार केन्द्रमा अग्रगामी परिवर्तनशिलको नेतृत्व

विशुद्ध समाजिक संस्था देउपुर– काभ्रे,

काठमाण्डौं सरोकार केन्द्रको प्रथम बार्षिक साधारण सभा माघ १३ गते शनिवार सम्पन्न भएको छ । नेपाल कर्मस क्याम्पस मिन भवन काठमाण्डौंको सभाहलमा भएको सो साधारण सभाबाट सूर्य प्रसाद ढकालको अध्यक्षतामा १२ सदस्य कार्यसमिति निर्माण भएको छ । त्यसैगरी उपाध्यक्ष द्धय राजाराम ढकाल र टेक प्रसाद ढकाल सचिवमा लालचन्द्र ढकाल सह–सचिवमा सन्तोष ढकाल र कोषाध्यक्षमा भेषनाथ ढकाल निर्वाचित भएकाछन् भने सदस्यहरु रामचन्द्र सुरज बद्री राजेन्द्र भेषनाथ ढकाल निर्वाचित भएकाछन् । साथै तीन जना महिला सदस्य पछि थपिने भएको छ । देउपुर काभ्रे र काठमाण्डौं मुख्य कार्य क्षेत्र रहेको सो संस्थाको साधारण सभामा माइन्यूट नया कार्य समितिलाई हस्तान्तरण गर्दे निवर्तमान एवम् संस्थापक अध्यक्ष इश्वरी प्रसाद ढकालले नयाँ कार्य समितिलाई बधाई दिदै संस्थाको यो भारी विसाउन पाउदा खुशी लागेको बताउनु भयो भने नवनिर्वाचित अध्यक्ष सुर्य प्र.ढकालले विभिन्न चुनौतीको सामना गर्दे घमण्ड नगरी सबैलाई मिलाएर लैजाने विचार व्यक्त गर्नुभयो । सो समाजिक संस्थाले भविष्यमा गैरी विसौना गा.वि.सका साथ साथै वरपरका गाउँ बस्ती एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण र प्रभावकारी कार्यक्रमको उत्कृष्ट खाका तयार पारेको जानकारी प्राप्त भएकोछ । समाज सेवाको क्षेत्रमा सरोकार केन्द्र अग्रणी स्थानमा रहने र त्यसलाई सबै क्षेत्रबाट सहयोग प्राप्त हुने आशा राखिएको कुरा भविष्यमा गरिने कार्यक्रमले पृष्टि गर्नेछ । बृद्ध समाज सेवीको सम्मान , स्वच्छ हारभरा गाउँ, केन्द्रीय कार्यालय स्थापना सदस्यलाई प्रमाणपत्र र परिचयपत्र वितरण विद्यालयलाई झोला तीनकुनेमा प्रवेशद्धारको निर्माण लगायतका कार्यगर्दे सरोकार केन्द्र अघि बढदै निरन्तर समाज सेवामा खडा भई रहन्छ । भने आधिकारिक स्रोतबाट जानकारी प्राप्त हुन आएकोछ ।


सदावहार ढकाल

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।