मुख्य समाचार समाज

सर्तसहित पसल खोल्न दिने र निजी सवारीसाधन जोरबिजोरको प्रणालिमा सञ्चालन गर्न दिने निर्णय

फाइल तस्बिर : मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद्को बुधबार अबेर राति सम्पन्न बैठकले उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार सबै किसिमका पसल, व्यवसायहरु शर्त सहित सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको छ।

बैठकले लकडाउन खुकुलो पार्न तीन चरणको कार्यक्रम लागू गर्ने निर्णय गरेको हो। यसअनुसार पहिलो चरण २१ दिन लागू हुनेछ। त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ। त्यसपछि तेस्रो चरण पनि थप १५ दिन लागू हुनेछ।

यसैगरी आजको बैठकले आवश्यक सरसफाइका प्रोटोकल पालना गर्नेगरी निजी सवारीसाधन जोर-बिजोरका प्रणालिमा सञ्चालन गर्न दिने अर्को निर्णय पनि गरेको छ । जोर गते जोर नम्बरका सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ। सार्वजनिक यातायातको हकमा भने तत्काल नखोल्ने निर्णय भएको छ।

लकडाउन बढ्दै जाँदा सर्वसाधारणको जनजीवन र मुलुकको समग्र आर्थिक अवस्था नै अस्तव्यस्त भएको ले सरकारले बाध्य भएर लकडाउनको मोडालिटी परिवर्तन गरेको हो।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।