समाज

पनौती विकासको लागि राजेशको चयन

नेपाल सरकारले पनौती नगर विकास समितिको पुनर्गठनसहित राजेश कुमार श्रेष्ठलाई अध्यक्षमा मनोनयन गरेको छ। नेपाल सरकार (मन्त्रीस्तरिय) को जेठ १२ को निर्णयले नगर विकास ऐन, २०४५(संशोधनसहित) अनुसार श्रेष्ठलाई अध्यक्ष र पनौती नगरभित्रका अन्य चारजनालाई सदस्यमा मनोनयन गरेको छ। सदस्यहरुमा विजयदास उलक, श्रीराम थापा, रामहरी भण्डारी र चाँदनी नेवा रहेका छन्। सबै पदाधिकारीलाई बढीमा दुई वर्षका लागि समितिमा मनोनित गरिएको सहरी विकास मन्त्रालय, नगर विकास समिति तथा साना सहर शाखाले जनाएको छ।

"काभ्रेका अन्य नगरपालिकाजस्तो स्रोत र साधनले सम्पन्न नभएको पनौतीलाई सम्पन्न बनाउन धेरै चुनौतीहरु छन्। मेरो कार्यकालमा पनौती नगरलाई सम्पन्न बनाउनका लागि आवश्यक पर्ने योजनाहरु तर्जुमामै बढी ध्यान केन्द्रीत हुनेछ," श्रेष्ठले भने।

नगर विकास समितिमा जिल्ला प्रशासन कार्यालय, मालपोत, जिविस, जिल्ला वन, खानेपानी डिभिजन, नापी कार्यालय लगायतबाट प्रतिनिधिहरु स्थायी सदस्य र शहरी विकास भवन निर्माण डिभिजन कार्यालयका प्रतिनिधि सदस्य–सचिव रहने व्यवस्था रहेको छ। यसअघि पनि श्रेष्ठले २०६३ असोजदेखि ०६४ जेठसम्म समितिको अध्यक्षता सम्हालिसकेका छन्। नेपाल विद्यार्थी संघ काभ्रेका पुर्व जिल्ला अध्यक्ष र काभ्रे जिल्ला खेलकूद विकास समितिका पुर्व कार्यवाहक अध्यक्ष रहेका श्रेष्ठले दुई वर्षसम्म पनौती नगरपालिका दलिय संयन्त्रमा रहेर काम गरिसकेका छन्। हाल उपभोक्ता मञ्च काभ्रे जिल्ला शाखाको अध्यक्ष रहेका उनी इन्द्रेश्वर क्याम्पस पनौतीको व्यवस्थापन समितिको सदस्यमा कार्यरत रहेका छन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।