कृषि

भकुण्डेमा ठूलो पोल्ट्री फर्म बन्ने भो

नेपाल सरकार व्यवसायिक कृषि तथा व्यापार आयोजना तथा विश्व बैंकको सहयोगमा काभ्रेको नवनगरी भकुण्डेबेशीमा ठूलो पोल्ट्री फर्म बन्ने भएको छ । सो सम्बन्धमा शनिबार मेथिनकोट बीमा सहकारी भवन भकुण्डेमा एक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख आतिथ्यता वरिष्ठ पशु चिकित्सक डा. हरिबहादुर रघु श्रेष्ठ, विशिष्ट अतिथि पीएसीटीका प्रतिनिधि भवानी बराल, कब नेपालका सदस्य तथा पन्छी महासंघका प्रवक्ता ईश्वर शर्मा, कृषि विकास बैंक धुलिखेल शाखाका प्रबन्धक राजेश महर्जन, जिल्ला दूध उत्पादक संघका अध्यक्ष नारायण बडाल हुनुहुन्थ्यो । ॐ साई कृपा पोल्ट्री फर्मका अध्यक्ष टीपी शर्मा तिमल्सिनाका अनुसार भकुण्डेवेशीमा ५२ लाख ४४ हजारको लागतका ब्रोइलर उत्पादन आयोजना संचालन हुँदैछ । फर्मले सो क्षेत्र दुई सय परिवारलाई पाँच समूहमा विभाजन गरी परियोजना संचालन गर्न लागेको हो । परियोजनाका लागि व्यवसायिक कृषि तथा व्यापार आयोजना तथा विश्व बैंकबाट २५ लाख रुपैया अनुदान र बाँकी ॐ पोल्ट्री फर्मले लगानी गर्ने कुरा शर्माले बताउनुभयो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।