समाचार

असंलग्न राष्ट्रका शीर्ष नेताहरुँग प्रधानमन्त्रीको भिडियो कन्फरेन्स

तस्बिर: प्रधानमन्त्रीको स्वकीय सचिवालय

प्रधानमन्त्री केपी शर्मा ओली आज सिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलनको सम्पर्क समुहको अनलाइन शिखर सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनको उद्घाटन अजरबैजानका राष्ट्रपति एवं नामका अध्यक्ष इल्याम एलियेबले गरेका थिए ।

संवादमा विश्वव्यापी महामारी भइरहेको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जारी पहल र विश्व समुदायको साझा दायित्व तथा असंलग्न आन्दोलनको भुमिकाबारे विचार विमर्श भएको थियो ।

सो अवसरमा प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका मुख्य सल्लाहकार विष्णु रिमालसहित उच्चपदस्थ अधिकारी सहभागी थिए । असंलग्न आन्दोलन विश्वका कुनै पनि शक्ति पक्षसँग सम्लग्न नभएका १२० मुलुकहरुको साझा मञ्च हो ।

सन् १९६१ स्थापित यो संयुक्त राष्ट्र सङ्घपछि विश्वमा यो दोस्रो ठूलो राष्ट्रहरुको मञ्च मानिन्छ

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।