समाज

कुशादेवी क्षेत्रका ग्राहकहरु टेलिफोनका लागि आन्दोलन

बनेपा,

पाच महिना देखि टेलिफोन प्रयोग गर्न नपाएपछि आन्दोलित बनेका नेपाल टेलिकम बनेपा शाखा अन्र्तगत कुशादेवी क्षेत्रका ग्राहकहरुले कार्यालयमा तालाबन्दी गरेका छन् । टेलिफोनको तार पटक–पटक चोरी भएपछि नेपाल टेलिकमले उक्त क्षेत्रमा २०६८ चैत्र देखि टेलिफोन लाइन संचालन गर्न सकेको छैन । कुशादेवी क्षेत्रका मात्रै १ सय ३५ टेलिफोन लाईन अवरुद्ध भएका छन् भने खोपासी, सुन्धान, पस्थली, शंखु क्षेत्रका करिव ५ सय टेलिफोन लाईन विगत पाच महिना देखि अवरुद्ध छन् । स्थानीय, प्रहरी र टेलिकमका कर्मचारीहरुको गस्तिबाट समेत नियन्त्रण गर्न नसकेपछि टेलिकमका ग्राहकहरुले वैकिल्पक ब्यवस्थाको माग गर्दै टेलिकममा ताला बन्दी गरेका हुन् ।

ग्राहकहरुले टेलिकम कार्यालयलाई साउन ११ गते १० दिनको अल्टिमेटम दिएका थिए । टेलिकमको तार सहितको टेलिफोन अवरुद्ध हुदा सो क्षेत्रका ग्राहकहरुले इमेल इन्टरनेट प्रयोग गर्न पाएका छैनन । टेलिकम शाखाले तारबाट टेलिफोन पुगेका सबै क्षेत्रमा एडिएसलको माध्यमबाट इन्टरनेटको सुविधा उपलब्ध गराउदै आएको छ । लामो समयसम्म टेलिकमले वेवास्ता गरेको भन्दै ग्राहकहरुले बैकल्पिक ब्यवस्था सहित तत्काल टेलिफोन जडानको माग गरेका हुन् ।

उक्त क्षेत्रमा जमिन भित्रबाट तार लग्ने वा एमसन टेक्नोलोजी प्रयोग गर्ने भन्ने दुईवटा विकल्प मात्रै बाकी छ’ – टेलिकम बनेपा शाखाका प्रमुख शिवजी शाहले भने । ग्राहकको समस्या शाखाबाट मात्रै समाधान गर्न नसकिने शाहले बताए । ‘जवसम्म ग्राहक, बनेपा शाखा, क्षेत्रिय निर्देशनालय काठमाडौं, स्थानीय टेलिफोन निर्देशनालय ग्वार्काे, एक्सेस नेटवर्क प्लानिङ्ग विभाग छाउनी विच एकै ठाउमा बसेर छलफल गर्न सकिदैन तबसम्म समाधान हुन सक्दैन’–उनले भने–‘त्यसका लागि सबै पक्ष तयार हुनुपर्छ ।’ ग्राहकहरुको नेतृत्व गरेका उपभोक्ता टंकप्रसाद हुमागाईले टेलिकमको क्षेत्रिय निर्देशनालयले पटक पटक ग्राहकहरुलाई झुक्याईरहेकाले तत्काल टेलिफोन जडानको पहल नलिए क्षेत्रिय निर्देशनालयमै गएर ताला लगाईदिने टेलिफोन मार्फत चेतावनी दिए । टेलिकम बनेपा शाखा कार्यालयमा प्रमुख शाहसगको बार्ता पछि हुमागाईले क्षेत्रिय कार्यालयले तत्काल जिम्मेवारी लिई लाईन जोड्न पहल गर्न आग्रह गरे ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।