अर्थ सुचना प्रविधि

टेलिफोन ग्राहक कालो सूचिमा

बनेपा/नेपाल टेलिकम काभ्रे शाखाले विभिन्न समयमा टेलिफोनको लाइन जोडेर महसुल नतिर्ने ग्राहकहरुको तिनपुस्ते निकाल्ने तयारी गरेको छ ।

२०६७ को असार मसान्तसम्म महसुल नतिर्ने २ सय ८८ वटा टेलिफोन लाइनका ग्राहकहरुको तिनपुस्ते निकालेर कालो सूचिमा राख्ने तयारी भएको टेलिकम काभ्रे शाखाका प्रमुख शिवजी शाहले जानकारी दिए । कालो सूचिमा राखिएका ग्रँहकबाट टेलिकमलाई ९ लाख ६ हजार ६ सय ९५ प्राप्त हुन बा“की छ । शाखाले पटक पटक ग्राहकको घरमै पुग्ने गरी रकम तिर्न आउन जानकारी गराएको भए पनि नआएकाले क्षेत्रिय कार्यालय मार्फत केन्द्रिय कार्यालयको जानकारीमा राखेर कालो सूचिमा राखि तीन पूस्ते प्रकाशन गर्न लागेको शाहले बताए । टेलिकमले त्यस्ता ग्राहकहरुलाई २०६८ चैत्र मसान्तसम्मको समय दिएर लाइन जोड्न वा वा“की महसुल तिर्न आब्हान गरेको थियो । कालो सूचिमा नपरेका ग्राहकहरुबाट टेलिकमले २०६८ असार मसान्तसम्ममा २ करोड ११ लाख महसुल उठाउन बा“की थियो । २०६९ जेठ अन्त्यसम्मका गत वर्षको बाकी महसुल केहि उठेको प्रमुख शाहले जानकारी दिए । टेलिकम काभ्रे शाखाले सिन्धुपाल्चोक र दोलखासम्म सेवा उपलब्ध गराइरहेको छ ।

टेलिफोन अवरुद्व

टेलिफोनको तार चोर्ने गिरोह सक्रिय हुदा काभ्रेका करिब ५ सय टेलिफोन अवरुद्व भएका छन् । जिल्लाको कुशादेवी गाविसमा १ सय ३५, पनौती नगरपालिकाको खोपासीमा २ सय ४० र सुन्थानमा १ सय १० वटा टेलिफोन अवरुद्व भएको केहि समय वितिसकेको छ ।

टेलिकमको यो आर्थिक वर्षमा मात्रै करिव १ करोड ५० लाख बराबरको तार चोरी भएको छ । स्थानीय र प्रहरीको सक्रियतामा तार चोरी गर्ने गिरोहलाई पक्राउ गरी अदालतमा पेश गरे पनि थोरै धरौटीमा छुट्ने गरेकाले तार चोर्ने गिरोहको मनोबल बढेको शाखा प्रमुख शाहको भनाई छ । तार चोरी भएका स्थानहरुमा नया प्रविधि सहितको विकल्पमा छलफल भए पनि आउदो मंसिर नभइ उक्त क्षेत्रका टेलिफोन लाईन संचालनमा आउन सक्ने सम्भावना छैन ।

उक्त क्षेत्रमा अप्टिकल केबुल मार्फत टेलिफोन संचालनमा ल्याउन डिटेल सर्भे, प्लानिङ्ग भइ टेलिकमको केन्द्रिय कार्यालयमा पठाइसकिएको छ । इन्जियन, एनक्युएन एमएसएएन मार्फत सुन्थान, खोपासी र कुशादेवीमा टेलिफोन संचालन गर्ने तयारी भएको छ । इन्टरनेटका लागि कुशादेवीमा सिडिएमएको टावर राखी बैकल्पिक ब्यवस्था गर्ने तयारी गरेको शाहले बताए ।

टाओर थप्ने तयारी

नेपाल टेलिकमले काभ्रेका सात स्थानमा टावर थप्न र बिग्रेका एन्टेना मर्मत गर्न प्रस्ताव पेश गरी प्रकृया अगाडी बढाएको छ । नेपाल टेलिकम बनेपा शाखाका प्रमुख शिवजी शाहका अनुसार मोबाईल सेवा प्रयोगकर्ताहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले काभ्रेमा रहेका सबै टावरहरुमा रेडियो फ्रिक्वेन्सी अप्टीमाईजेसन मिलाउने काम भईरहेको छ ।

सेवालाई गुणस्तर बनाउन बनेपाको चण्डेश्वरी, काठमाडौँ विश्वविद्यालय, पस्थली, शंखुपाटीचौर, रविओपी, रयाले र भिमखोरी गरी सात स्थानमा नयाँ टावरहरुको निर्माण कार्य शुरु गरिएको छ । निर्माण भईसकेका टावरको स्तरोन्नती गरी नयाँ बन्ने र बनिरहेका टावरहरुमा अप्टीमाईजेसन मिलाएपछि काभ्रेका सबै ठाउँमा मोवाइल नटिप्ने समस्या नरहने शाहले बताए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।