अर्थ

सेयर बजार मंगलबारदेखि दिनको २ घण्टा खुल्ने

लकडाउन पछि बन्द रहेको सेयर बजार (नेप्से) आउँदो ३० गते मंगलबारदेखि खुल्ने भएको छ।

नेपाल धितोपत्र बोर्ड, नेप्से, मर्चेण्ट बैंक, ब्रोकर कम्पनीहरुबीच भएको छलफलले दिनको २ घण्टा सेयरबजार खुल्ला गर्ने निर्णय गरेको हो। यसै गरी नेप्से २ प्रतिशतले घटी वा बढी कारोबार भएमा सर्किट ब्रेक लागि त्यस दिनको कारोबार बन्द हुने बोर्डले जनाएको छ ।

यस्तै लगानीकर्तालाई मेरो शेयर खाता खोली त्यै खाताबाट अनिवार्य रुपमा इलोक्ट्रेनिक डिपोजिट इन्स्ट्रक्सन स्लिप अर्थात ईडिआईसमार्फत राफसाफ गर्ने र असार मसान्तसम्म खाता खोल्दा पैसा नलाग्ने बोर्डको निर्णय छ ।

धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोबारको सन्दर्भमा एकपटकको लागि सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिश सहित बोर्ड समक्ष सम्पर्क राख्न सक्नेछन्।

धिताेपत्र बाेर्डबाट कारोबारका नयाँ नियम र सर्त संम्बन्धी जारी प्रेस विज्ञप्ति

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।