शिक्षा

भ्वाइस अफ बेलरको तयारी

बनेपा,

जिल्लामै पहिलो पटक बेलर इन्टरनेशनल एकेडेमी बनेपाले भ्वाइस अफ बेलर गायन कार्यक्रमको आयोजना गर्ने भएको छ ।
पढाइका अतिरिक्त विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गरी जीवनलाई फरक दृष्टिकोणबाट पहिचान गराउन भोली २६ गते देखि उक्त कार्यक्रमको छनौट गरिने भएको हो । विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी गराएको हो । उक्त गायन कार्यक्रममा विद्यालय तह देखि उच्च माध्यमिक तहसम्म विभिन्न विद्यार्थीको सहभागिता रहनेछ । सहभागिहरुबाट पहिलो चरणमा २५ जना विद्यार्थी रहने छन् । २५ विद्यार्थीहरुलाई १५ दिनको बन्द प्रशिक्षण पछि उत्कृष्ट १० को छनौट गरीनेछ ।

उत्कृष्ट १० लाई १५ दिनको प्रशिक्षणबाट ५ उत्कृष्ट प्रतिस्पर्धीको छनौट गरी अन्तिम चरणमा लगि प्रथम, द्धितीय र तृतियको छनौट गरिनेछ । विजयीहरुलाई मेडल, ट्रफि र प्रमाणपत्रद्वारा सम्मान गरिनुका साथै विआइए राइसिङ स्टार एल्बमा एक एक सोलो गीत रेकडिङ्गको अवसर प्रदान गरिनेछ । भ्वाइस अफ बेलर २०१२ असोज २६ गते अडिसन हुनेछ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।