शिक्षा

मेडिकल कलेजका विद्यार्थीद्वारा प्रवेश पत्र जलाउँदै परीक्षा बहिष्कार

चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूले अतिरिक्त शुल्क फिर्ताको माग गर्दै पहिलो वर्षको परीक्षा बहिष्कार गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका मेडिकल कलेजमा बुधबारदेखि एमबीबीएससहित चिकित्सा शिक्षा पहिलो वर्षका विभिन्न विषयको परीक्षा शुरु भएको छ । शुल्क फिर्ताको माग राखेर आन्दोलन गरिरहेका विद्यार्थीहरूले प्रवेश पत्र जलाउँदै परीक्षा बहिष्कारमा उत्रिएका हुन् ।

नेशनल मेडिकल कलेज, चितवन मेडिकल कलेज जानकी मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्समा एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययन गरिरहेका विद्याथीहरुले परीक्षा बहिस्कार गरेका छन् ।

एमबीबीएस र बीडीएस पहिलो र दोस्रो वर्षको मात्रै शुल्क फिर्ता गर्ने सहमतिमा विद्यार्थीले असन्तुष्टि जनाउँदै आएका छन् । विद्यार्थीले नर्सिङ, फार्मेसी, बीपीएच, पब्लिक हेल्थलगायत अतिरिक्त रकम लिएका सबै विषयको रकम फिर्ता हुनुपर्ने माग राखेर आन्दोलन गर्दै आएका छन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।