शिक्षा

शिक्षा नियमावली विपरित प्रमाणपत्र शुल्क लिएपछि शिक्षा कार्यालयमा उजुरी

दाप्चा, १५ साउन,

काभ्रेको एक विद्यालयले शिक्षा नियमावली विपरित चर्को शुल्क लिएको भन्दै विद्यार्थीहरुले शिक्षा कार्यालय काभ्रेमा उजुरी गरेका छन् । खनालथोक गाविस – ८ दाप्चाको जनहित उच्च माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई प्रवेशिका परीक्षा २०६८ को सक्कल प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रका लागि शिक्षा नियमावली भन्दा चर्काे शुल्क लिएको हो ।

उक्त विद्यालयबाट यो वर्षको प्रवेशिका परीक्षामा ३६ जना विद्यार्थी उर्तिण भएका छन् । ति मध्ये २० भन्दा धेरै विद्यार्थी अन्यत्र अध्ययन गर्न जाने तरखरमा रहेका छन् । विद्यार्थीहरु अन्यत्र जाने भएपछि कक्षा ११ मा विद्यँर्थीहरु नभई विद्यालय नै बन्द गर्नु पर्ने अवस्था समेत आउने देखिएको छ । सोही कारण विद्यालय ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले विद्यार्थीहरु विद्यालय छाडेर अन्यत्र पढ्न जाने भए भने प्रमाणपत्र बापत १ हजार ५ सय लिने अभिभावक भेलाको निर्णयलाई सदर गर्ने निर्णय गरेको शिक्षक कुलचन्द्र खनालले जानकारी दिए ।

अभिभावक भेला २०६५ सालमा आयोजना गरेपछि भएको छैन । विद्यालयले उतिबेलै देखि विद्यार्थीहरुसँग श्रोत जुटाउने नाममा चर्काे शुल्क लिँदै आएको अभिभावकले बताएका छन् । आफूहरुले अन्ज्यत्र गएर होटल म्यानेजमेण्ट विषय लिएर अध्ययन गर्न चाहेको तर, विद्यालयले चर्को शुल्क मागेपछि समस्या परेको विद्यार्थीहरुले बताएका छन् । जिल्ला शिक्षा कार्यालय काभ्रेका परीक्षा प्रमुख शालिकराम घिमीरेले नियमावली भन्दा बाहिर कुनै विद्यालयले रकम असुल्न नमिल्ने बताएका छन् । शिक्ष्ाँ कार्यालयले विद्यार्थीको सक्कल प्रमाणपत्रका लागि २ सय र चारित्रिक प्रमाणपत्रका लागि ३ सय भन्दा माथि लिन नपाउने ब्यवस्था गरेको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।