शिक्षा समाज

काभ्रेमा ३६ प्रतिशत जनसंख्या अझै निरक्षर

काभ्रेका ३६ प्रतिशत सर्वसाधारण अझै निरक्षर रहेको तथ्यांक सार्वजनिक भएको छ । जिल्ला विकास समिति काभ्रेले सार्वजनिक गरेको तथ्यांक अनुसार जम्मा ६४ प्रतिशत सर्वसाधारणमात्रै साक्षर भएका छन् । शिक्षाको दृष्टिले अग्रस्थानमा आउने काभ्रेमा अझै पनि एक तिहाई भन्दा बढी नागरिक निरक्षर हुनुले शिक्षामा गरिएको लगानी पर्याप्त नभएको देखाएको छ ।

काभ्रेको बनेपा, धुलिखेल, पनौती लगायतका क्षेत्र काठमाडौं पूर्वको शैक्षिक केन्द्र नै मानिँदै आएको छ । जिल्लामा एउटा विश्वविद्यालय, आधा दर्जन क्याम्पस, दर्जनौं उच्च मावि सञ्चालनमा रहेका छन् । यस्तै निजी र सरकारी विद्यालयको संख्या पनि सयौंको संख्यामा रहेका छन् । जिल्ला विकास समितिको तथ्यांक अनुसार जिल्लामा रहेका महिलाको संख्या मध्ये आधा अझै निरक्षर रहेको छ । कुल महिलामध्ये ४८ दशमलव २ प्रतिशत महिला अझै साक्षर हुन सकेका छैनन् । महिलाको तुलनामा पुरुषको साक्षरताको दर भने निकै बढी छ । जिल्लामा ७५ दशमलव ७ प्रतिशत पुरुष साक्षर रहेका छन् । तथ्यांकले ग्रामीण क्षेत्रमा महिला शिक्षाका लागि लगानी बढाउनुपर्ने देखाएको छ।

जिल्ला विकास समितिको तथ्यांक अनुसार विगतको तुलनामा जिल्लामा शौचालय प्रयोग गर्नेको संख्या बढेर ६९ दशमलव १५ प्रतिशत पुगेको छ । जिल्ला विकास समितिले सन् २०१३ भित्रमा काभ्रेका ८७ गाविस र तीन नपा भित्र खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिसक्ने योजना बनाएको छ । यस्तै सुधारिएको श्रोतबाट खानेपानी प्राप्त गर्नेको संख्या ७१ दशमलव ८७ प्रतिशत पुगेको छ भने विजुली प्रयोग गर्नेहरुको संख्या झण्डै ६४ प्रतिशत जिल्लाबासीले विजुली प्रयोग गरिरहेका छन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।