धुलिखेल,
जिल्ला शिक्षा कार्यालय काभ्रेले राजनीतिक दवावका कारण विद्यार्थी नभएर ताला लागेको विद्यालयका शिक्षकहरुको दरवन्दी मिलान गर्न सकेको छैन । शैक्षिक सत्रको शुरु देखि नै बिद्यालयमा विद्यार्थी भर्ना नभएपछि शिक्षकहरु अध्यापन बिना नै तलव खाइरहेका छन् । शिक्षा अधिकारी दिनानाथ गौतमले विद्यालयमा विद्यार्थी नभएर ताला लागेको कुरा हुन नसक्ने बताए ।
चेष्टा साप्ताहिकले वर्ष १८, अंक ४८ असोज ११ गते विहिबार ‘१ सय विद्यालय खारेजीको तयारीमा’ भन्ने शिर्षकमा शारदा बतासेको जागेश्वरी प्राविमा विद्यार्थी नभएर ताला लगाएको तस्विर सहित प्रकाशित गरेको थियो । समाचार अध्ययन गरेको बताएका गौतमले विद्यार्थी नभएको कुरा स्विकारेनन् । शिक्षकहरुले बैशाख देखि असोजसम्मको तलव विना काम खाएका छन् । विद्यालय निरिक्षक, स्रोत ब्यक्ति र शिक्षकहरुको मिलेमत्तोमा अझै विद्यार्थी भएका भ्रम कार्यालयमा दिइरहेका छन् । तर विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण हुमागाईले विद्यार्थी भर्ना नगरेकै कारण विद्यालयमा ताला लागेको जानकारी दिएका छन् ।
शिक्षा कार्यालय त्यस्ता विद्यालयका शिक्षकहरुलाई समेत अन्यत्र पठाउन हिच्किचाइरहेको छ भने विद्यार्थी धेरै भएका विद्यालयमा शिक्षक अभाव हुँदा सट्टामा समेत पठाउन सकेको छैन । शारदा बतासे–४ को जागेश्वरी प्रावि शैक्षिक सत्रको शुरु देखि नै ताला लागेको छ । शहरी क्षेत्रका करिव १ सय १५ वटा विद्यालयमा विद्यार्थी कम भएको प्रारम्भिक तथ्याङ्क शिक्षा कार्यालयमा प्राप्त भएको छ । तर पनि दल र शिक्षकहरुको पेशागत संगठनका प्रतिनिधिहरुको अडानका कारण शिक्षा कार्यालयले दरवन्दी मिलान गर्न नसकेको बताइएको छ ।
दरवन्दी मिलानका लागि असोज १६ गते जिल्ला स्थीत राजनीतिक पार्टीका प्रमुख सहितको बैठकमा शिक्षा कार्यालयले कार्ययोजना पेश गर्न सकेन । दलका प्रमुखहरुले शिक्षा कार्यालयको कार्ययोजना माग गरेपछि शिक्षा अधिकारी दिनानाथ गौतम नाजवाफ भएका थिए । काभ्रेका सामुदायिक विद्यालयको शैक्षिक सुधार र दरवन्दी मिलानको एजेण्डामा प्रवेश नै नगरी कार्ययोजना तयार भएपछि बैठक बस्ने सहमति भएको शिक्षा कार्यालयले जानकारी दिएको छ । विद्यार्थी अनुपस्थित भएका विद्यालयहरु बन्द गर्नु पर्ने अवस्थामा पुगेको भए पनि तत्काल बन्द गर्दा त्यसले पार्ने सामाजिक प्रभावका बारेमा मुल्याङ्कन गर्ने सहमति दलहरु विच भएको छ । तर विद्यालयको दरवन्दी मिलान गर्दा खल्तिका शिक्षकहरुको घर पायक सरुवा नहुने भएपछि दरवन्दी मिलान केहि वर्ष देखि लम्विदै आएको हो । २०५७ साल देखि काभ्रेका विद्यालयहरुमा दरवन्दी स्वीकृत छैन तर विद्यालयहरु थपिएका छन् । प्राथमिक विद्यालय निम्न माध्यमिक हुँदै माध्यमिक तहसम्म पुगेको छन् भने निम्न माध्यमिक तहका विद्यालयहरु माध्यमिक तहमा पुगेका छन् । दरवन्दी नभएकै कारण तल्लो तहका शिक्षकहरुले माथिल्लो तहमा पढाइरहेका छन् शिक्षा कार्यालयले शिक्षकका पेशागत संगठनहरुको हस्तक्षेपका कारण मिलान गर्न सकेको छैन । जिल्लामा ५ सय निम्न माध्यमिक तहमा शिक्षक अपुग छन् भने मावि तहमा २ सय ५० शिक्षक अपुग छन् । तर प्राथमिक तहमा ५ सय भन्दा धेरै शिक्षक बढि भएका छन्। । शहरी क्षेत्रका शिक्षकहरु गाउँ जान नमान्ने भएकाले पनि दरवन्दी मिलानमा समस्या उत्पन्न भएको शिक्षा कार्यालयले जानकारी दिएको छ । ‘दलहरु विच भागवण्ड मिल्ने वितिक्कै दरवन्दी मिलान हुनेछ’– शिक्षक प्रतिनिधिले भने । जिल्ला शिक्षा कार्यालय काभ्रेका जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले दरवन्दी मिलानको काम शुरु भएकोे जानकारी दिए । ‘हामीले पहिलो चरणमा दलका नेताहरुलाई बोलाएर सुझाव लिने र विद्यालय अनगुमन गर्ने काम शुरु गरेका छौं’–गौतमले भने । दरवन्दी मिलान तीन चरणमा हुने उनले बताए । केहि विद्यालयको तह घटाएर, केहि मर्ज गरेर दरवन्दी मिलानको काम शुरु गरिने भएको छ । जहाँ जहाँ नीजि विद्यालय खुलेका छन् त्यो क्षेत्रका सरकारी विद्यालयमा कम विद्यार्थी देखिन थालेका छन् भने ग्रामिण भेगमा नीजि विद्यालय नभएकाले सरकारी विद्यालयमा विद्यार्थीको चाप धेरै देखिएको छ ।
- चेष्टा साप्ताहिक
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्