शिक्षा

जिल्ला प्रथमलाई विद्यालयको सम्मान

पनौती, काभ्रे इङ्गलिस अंग्रेजी उच्च मावि पनौतीले शुक्रबार एक कार्यक्रमका विच जिल्ला प्रथम गर्ने आफ्नै विद्यार्थी प्रतिक थापा सहित अन्य विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अवाको सभापत्तिवमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य तथा संचालक समिति सदस्य धुर्वप्रसाद शर्मा, संचालक सदस्यहरु रामशरण लुइटेल, इन्द्रलाल श्रेष्ठ, काभ्रे मावि बनेपाका प्रिसिन्सपल कुमार मानन्धर, भाइस प्रिन्सिपल विकास श्रेष्ठ, शिक्षिका निर्मला राउत लगायतले काभ्रे माविले काभ्रे र राष्ट्रिय स्तरमै शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । काभ्रे इङ्गलिस उच्च मावि पनौतीले २०६१ सालमा बोर्ड प्रथम र तृतिय स्थान हासिल गरेको थियो भने २०६३ मा जिल्ला प्रथम, २०६७ मा जिल्ला प्रथम स्थान प्राप्त गरेको थियो । कार्यक्रममा प्रवेशिका परीक्षा उर्तिण सम्पूर्ण विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।