शिक्षा

बेलरको किड्स क्यासल दिक्षान्त सम्पन्न

baylor-montesorri-3

बनेपा स्थित बेलर इन्टरनेशनल एकेडेमीद्वारा सञ्चालित किड्स क्यासलको प्रथम दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा डा. इवामुरा मेमोरियल हस्पिटलका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण कर्माचार्य प्रमुख अतिथि थिए । सोहि कार्यक्रममा धुलिखेल हस्पिटलका डा. सृमा श्रेष्ठ, सत्य साई अस्पताल बनेपाका डा. रञ्जु बराल, डा. घनश्याम घिमिरे, बनेपा हस्पिटलका डा. गेहेन्द्र कायस्थ, डि.एस. पि. विशेश्वर थापा अभिभावक तथा राधा कृष्ण बिस्कुट इन्ड्रष्ट्रिजका प्रबन्ध निर्देशक सुदेन श्रेष्ठ लगायत किड्स क्यासल सम्पुर्ण अभिभावकहरु उपस्थित भएका थिए । इन्चार्ज सबिना कारांजितले स्वागत मन्तव्य राखेको सोहि कार्यक्रमबाट प्रसिद्ध तिमल्सिना, विलिसा के.सी., निलाशा श्रेष्ठ, गौरव घिमिरे, इभिका कार्की, सृतिका सुवेदी, आकृति फैंजु, प्रयास दाहाल, मिजान कार्यस्थ, आरति के.सी. र अनिकेत लामा दिक्षित भएका थिए । विद्यालयका प्रबन्ध निर्देशक पवनकुमार थापाले आगामी दिनहरुमा अझ प्रभावकारी ढंगमा थप कार्यक्रम सहित पूर्ण मन्टेश्वरी पद्धतिमा विद्यालय संचालन गर्ने प्रतिवचद्धता ब्यक्त गरेका थिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।