शिक्षा समाचार समाज

काभ्रे उच्च माविको भुपू विद्यार्थीको पुर्नमिलन कार्यक्रम

काभ्रे उच्च माध्यमिक विद्यालय बनेपाले भुतपुर्व विद्यार्थीहरुको पुर्नमिलन कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका अध्यक्ष जगन्नाथ अवाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रिन्सिपल कुमार मानन्धरले विद्यालयका शैक्षिक गतिविधिहरुका बारेमा जानकारी दिएका थिए ।

पुर्नमिलन कार्यक्रममा २०५२ देखि २०६२ सम्म विद्यालयबाट उर्तिण भएका ५ सय ४० विद्यार्थी मध्ये अधिकांश सहभागि थिए । कार्यक्रममा विद्यालय संचालक समितिका सदस्यहरु शान्तिराज कायश्थ, इन्द्रबहादुर श्रेष्ठ, रामशरण लुईटेल र बालभक्त प्रधान लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल विकास श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । सोहि कार्यक्रममा भुतपुर्व विद्यार्थीहरुका संयोजक निराजन कारञ्जितले विद्यालयले गरेका यस्ता कार्यक्रमबाट विद्यार्थीहरुलाई हौसला मिलेको बताए । सोहि भेलाले २०७० साउन तेश्रो हप्ता भुतपुर्व विद्यार्थीहरुको संस्था एल्मुनाई एशोसिएसनको साधारण सभा सम्पन्न गर्ने निर्णय गरेको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।