मनोरन्जन

राम लिम्बुले जिते ‘दि भ्वाइस अफ नेपाल’ सिजन-२

हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित सांगीतिक रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन २’ को विजेता राम लिम्बु बनेका छन्। उनी गुरु प्रमोद खरेलको तर्फबाट अन्तिम चार प्रतिस्पर्धी भएर फाइनल सम्मको यात्रा तय गर्न सफल भएका थिए । ‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा कोच राजुबाट सनिष श्रेष्ठ, कोच प्रमोदबाट राम लिम्बु, कोच दिपबाट विकास लिम्बु र कोच आस्थाबाट आरिफ राउफ पुगेका थिए ।

गत श्रावण ३१ मा भ्वाइसको दोस्रो संस्करण शुरु भएको थियो। ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा परेका थिए ।

काठमाडौंको चुच्चेपाटीमा शनिवार राती भएको ग्राण्ड फिनालेले भ्वाइस अफ नेपालको विजेता चयन गरेको हो। लिम्बुले १० लाख नगद, ड्याट्सन गाडी, म्युजिक एल्बमको कन्ट्र्याक्टसमेत हासिल गरेका छन्। हिमालयन टेलिभिजनले फिनालेको लाइभ प्रसारण गरेको थियो।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।