मनोरन्जन

एक अर्बभन्दा बढीले हेरे गङनम स्टाइल

दक्षिण कोरियाली कलाकार साइको युटुब सङ्गीत भिडियो "गङनम स्टाइल" इन्टरनेटबाट शनिबारसम्म एक अर्बभन्दा बढीपटक डाउनलोड गरिएको देखिएको छ र यसलाई इन्टरनेटमा एउटा कोसेढुङ्गाको रूपमा हेरिएको छ । दक्षिण कोरियाली गायक साइ (PSY) यो भिडियोले यू ट्युवमा एक अर्बभन्दा बढीले हेरेका पहिलो भिडियोको कीर्तिमान राखेको हो । त्यसै पनि साइको सङ्गीत तथा नृत्यको प्रचार र प्रशंसा विश्वभर देखिएको छ ।

gangnam-style

कोरियाली नृत्यमा आधारित यो भिडियो यस वर्षको जुलाई १५ मा यू ट्युवमा राखिएको थियो । शनिबार डाउनलोडको सङ्ख्या १,००,८२,८६,५३५ पुगेको छ । साइले ट्विटरमा "गङनम स्टाइल" अब "बिलियन स्टाइल" बनेको उल्लेख गरेका छन् । यसको चर्चा यतिसम्म भयो कि राष्ट्रसंघका महासचिव वान कि मुनले समेत गङनम स्टाइलमा नृत्य गरे ।

यसका लागि साइलाई अमेरिकी सङ्गीतकार एमसी ह्यामरले बधाइ दिएका छन् र उनले साइले यसबाट सङ्गीतको विश्वमा इतिहास बनाएको उल्लेख गरेका छन् ।

हेर्नुहोस् भिडियो

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।