खेलकुद

१३औं साग – बंगलादेशसँग पराजयसंगै नेपालको स्वर्ण जित्ने आशा समाप्त

१३औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको पुरुष टि २० क्रिकेटमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएको छ। यो पराजयसँगै नेपालको क्रिकेटमा स्वर्ण जित्ने अभियानमा पुर्णविराम लागेको छ। अब नेपालले कास्य पदकका लागि खेल्नेछ।

बंगलादेशले पहिले ब्याटिङ गरेर कप्तान नाजमुल सान्टोको ६० रनको मद्वतले १ सय ५५ रन बनाएको थियो । नेपालको लागि पारस खड्काले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ र अविनाश बोहोराले १ विकेट लिए।

जवाफी ब्याटिङमा १५६ रनको लक्ष्य पछछ्याएको नेपालले ९ विकेट गुमाएर जम्मा १११ रन बनायो ।

आजको हारसँगै नेपालले अब कास्य पदकका लागि खेल्नेछ । अंक तालिकामा नेपालको ४ खेलबाट ४ अंक छ भने समान ३ खेल खेलेका माल्दिभ्स र भुटानको शून्य अंक छ । फाईनलमा पुगेका श्रीलंका यू–२३ र बंगलादेश यू–२३ को समान ३ खेलबाट ६-६ अंक छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।