स्वास्थ्य

नेपालमा पनि भित्रियो कोरोना भाइरस

चीनको उहान प्रान्तबाट स्वदेश फर्किएका एक युवकमा कोरोना भाइरसको (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले नेपाली युवकमा कोरोना भाइरस पाइएको बताए। नेपालमा प्रारम्भिक जाँच गरी थप निदानका लागि उनको नमुना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा पठाइएको थियो। सेन्टरले बिहीबार प्रयोगशाला परीक्षणको रिपोर्ट पठाएपछि स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी संक्रमण भएको जानकारी दिएको हो।

अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीको प्रावधान अनुसार भाइरस संक्रमित भएको रिपोर्टसहितको विस्तृत विवरण २४ घण्टाभित्र डब्लूएचओमा सरकारले पठाउने उनले जानकारी दिए।

ती युवकलाई ३ माघमा डिस्चार्ज गरिएको थियो। व्यक्तिगत गोपनीयताका कारण उनका बारेमा अन्य विवरण सार्वजनिक गरिएको छैन। परिवारका अन्य सदस्य, सम्पर्कमा रहेका स्वास्थ्यकर्मी र साथीहरूको पनि रिपोर्ट लिइएको छ।

शुक्रराज ट्रपिकल अस्पतालमा जँचाउन आउँदा ती युवकले ज्वरो आएको र श्वासप्रश्वासमा गाह्रो भइरहेको बताएको एक चिकित्सकले जानकारी दिए।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।