स्वास्थ्य

फ्रान्सबाट नेपाल आएकी एक नेपाली विद्यार्थीमा देखियो कोरोना भाइरसको पुष्टि

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक विद्यार्थीमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी फ्रान्सबाट फर्किएकी एक नेपाली युवतीमा भाइरस पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

१९ वर्षीया ती युवतीको अहिले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको मन्त्री ढकालले जानकारी दिए।

संक्रमित १९ बर्षिय युवती भएको र उनि चैत्र ४ (मार्च १७ तारिख) नेपाल आएकी थिइन् र होम क्वारेन्टिन्मा राखिएको अवस्थामा रुघा-खोकी लागि परीक्षण गर्दा कोभिड–१९ पोजिटिभ देखिएको थियो । उनीसंगै फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामकी साथीलाई पनि कोरोना संक्रमण भएको म्यासेज पाएपछि पछि उनले टेकु अस्पताललाइ खबर गरेकी थिइन । संक्रमित बिद्यार्थी नेपाल आएको ६ दिन भइसकेको छ । यो अवधिमा उनले क-कसलाई भेटिन् भन्ने पहिचान भइसकेको छैन ।

नेपालमा कोरोना भाइरसको पुष्टि भएको यो दोस्रो केस हो। महिना दिनअघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना भाइरस देखिएको थियो।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।