स्वास्थ्य

वीरगन्जमा रहेका तीन भारतीय नागरिकमा कोरोना संक्रमणको पुष्टी

वीरगन्जको नारायणी अस्पतालमा कोरोना भाइरसको शंका गरी आइसोलेशन वार्डमा राखिएमध्ये तीन जना भारतीयमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमणको पुष्टी भएको हो ।

बिहीबार छपकैया र बाराको घुसुकपुर मस्जिद गरी २४ जना मुस्लिम धर्म प्रचारक नारायणी अस्पतालमा टेस्टका लागि आएका थिए । नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो । अहिले उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

संक्रमितहरु भारतीयहरु दुई सातादेखि वीरगञ्ज उपमहानगरपालिका–२ छपकैयामा रहेको जामे मस्जिदमा बस्दै आएका थिए । उनीहरु सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका थिए । बीचैमा लकडाउन भएपछि उनीहरु भारत फर्कन पाएनन् । स्क्रीनिङको क्रममा उनीहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताएका थिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।