स्वास्थ्य

बाँकेमा फेरी छ जनामा कोरोना भाइरस पोजिटिभ

बाँकेको नेपालगञ्जमा फेरी ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पोजिटिभ पाइएको हो । भेटिएका छ जना संक्रमित सबै नेपालगञ्जकै बासिन्दा बताइएको छ। संक्रमितहरु १६,२१ र ३४ वर्षका तीन पुरुष तथा ४०,५५ र ६० वर्षीया तीन महिला छन्।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार नै नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।