जीवनशैली

लवकान्त चौधरीको “मासिन्या दस्तुर” कला प्रदशनीको सुरु (फोटो सहित )

थारु युवा कलाकर्मी तथा चित्रकार लवकान्त चौधरीको थारु समुदायमा घटेका घटनामा आधारित “मासिन्या दस्तुर” कला प्रदर्शनी शुक्रवार राजधानीको सिद्धार्थ आर्ट ग्यालेरी, बबरमहलमा उदघाटन भएको छ । राजनीतिक विश्लेषक सिके लालद्वारा उदघाटन गरिएको सो प्रदर्शनी पुष २४ गते सम्म चल्नेछ । प्रदर्शनी उद्घाटन गर्दै सिके लालले थारु समुदायको संघर्षको लाखौ शब्दको कथालाइ चित्रकार लवकान्त चौधरीले एक चित्रबाट प्रदर्शन गर्दै सजिव वर्णन गर्न सफल भएको बताउनु भएको छ । सिद्धार्थ आर्ट ग्यालरीको प्रस्तुतिमा भइरहेको प्रदर्शनी आजबाट अवलोकनको लागि खुल्ला गरिएको छ। थारु समुदायमा घटेका हरेक घटना तथा संघर्षलाई चित्रकला, भिडियो एवं दस्तावेज मार्फत प्रस्तुत गरिएको छ ।

मासिन्या दस्तुरको अर्थ नेपालमा मुलुकी एन जारी गरे पश्चात जातिय विभाजन तथा जग्गामाथि कर निर्धारण गरी थारु समुदायलाई जमिनदारबाट भूमिहीन बनाइएको तथा संघर्षमा आधारित वेदना हो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।