सुचना प्रविधि

क्यान इन्फोटेक काभ्रेको तेस्रो दिन 'इ-एजुकेशन' सम्वन्धी सम्मेलन

कम्प्युटर एशोसियसन अफ् नेपाल (क्यान) काभ्रेको आयोजनमा विहिवारदेखि सुरु भएको सूचना तथा संचार प्रविधिको बृहत प्रदर्शनी एवं सम्मेलन ‘क्यान इन्फोटेक’ को तेस्रो दिन ई-एजुकेशन सम्बन्धी सूचना प्रविधि सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा क्यानका केन्द्रिय सदस्य सुनैना घिमिरे पाण्डे, क्यान काभ्रेका सचिव अनिस ब्लोनले ई-एजुकेशन र ई-लर्निङ् सम्बन्धी कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो ।

सम्मेलनमा काभ्रे जिल्लाका विभिन्न १२ वटा गाविसमा संचालन भएको ई भिलेज कार्यक्रम अन्तर्गत ई एजुकेशनमा भएको प्रगतिको बारेमा चर्चा गरिएको थियो । यस्तै आज नै इक्वेल एक्सिस्को आयोजनामा ‘सोसियल मिडिया सर्जरी’ कार्यशाला सम्पन्न भएको छ । क्यान इन्फोटक भोलीसम्म सञ्चालन हुनेछ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।