सुचना प्रविधि

क्यान काभ्रेको कार्यशाला सम्पन्न

कम्प्युटर एशोसिएसन अफ नेपाल क्यान काभ्रेको कार्ययोजना तर्जुमा कार्यशाला शनिबार बनेपामा सम्पन्न भएको छ । क्यान काभ्रेका अध्यक्ष कैलाश पलाञ्चोकेको सभापतित्वमा भएको कार्यक्रममा क्यान काभ्रेका पूर्वअध्यक्ष मनोजकुमार न्यौपाने, पत्रकार मधुसुदन गुरागाईं लगायतले मन्तव्य राखेका थिए । कार्यशालाले ई–लर्निङ, ई–एजुकेशन, ई–ट्याक्स, कम्प्यूटर कक्षाहरुमा संचालन हुने पाठ्यक्रम निर्माण लगायतका कार्ययोजना तर्जुमा गरेको छ ।

ती कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ । कार्यशालाले पाँचखाल मण्डन क्षेत्रमा निरञ्जन अधिकारी, पनौती कुशादेवी क्षेत्रमा वाशुदेव अधिकारी, धुलिखेल भकुण्डे क्षेत्रमा जय बहादुर राई र बनेपा क्षेत्रमा आनन्द दाहालको संयोजकत्वमा क्षेत्रीय उपसमिति निर्माण गरेको छ । यस्तै वर्तमान कार्यसमितिका अध्यक्ष कैलाश पलाञ्चोके संयोजक रहने र सम्पूर्ण कार्यसमिति तथा पूर्व पदाधिकारीहरु सदस्य रहने गरी अनुसन्धान विकास तथा समन्वय समिति गठन गरिएको छ ।

यसैगरी विष्णु जमरकट्टेल संयोजक र मधुसुदन गुरागाईं स्रोतव्यक्ति रहेको समुदायमा सूचना प्रविधि उप–समिति गठन गरिएको छ । यस्तै निशा थापा संयोजक र प्रभा वादे स्रोतव्यक्ति रहेको सूचना प्रविधिमा महिला उपसमिति गठन गरिएको छ । यस्तै कौशलराज खड्का संयोजक र विनोद न्यौपाने स्रोतव्यक्ति रहेको प्रचार प्रसार उपसमिति पनि गठन गरिएको क्यान काभ्रेका महासचिव नवराज भुर्तेलले जानकारी दिएका छन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।