समाचार

प्रदेश नम्बर ५ को नाम ‘लुम्बिनी’ - राजधानी दाङ र रूपन्देहीमा एक हुने

रुपन्देही, मंसिर ३० ।

प्रदेश नम्बर ५ को प्रदेश सभामा राजधानीको नाम र स्थायी राजधानी सिफारिस गर्न बनेको संसदीय विषेश समितिले प्रदेशको नाम ‘लुम्बिनी’ सिफारिस गरेको छ ।

उपसमितिले १२ जिल्लामा पुगेर संकलन गरेका सुझावका आधारमा प्रदेशको नाम 'लुम्बिनी' राख्न सिफारिस गरेको छ। सुझाव संकलनका क्रममा आएका सुझाव अनुसार बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायतका नामहरू पनि सूचीमा राखिएको विशेष समितिका एक सदस्यले जानकारी दिए। तर लुम्बिनीको नामका विषयमा भने अधिकांश एकमत भएका थिए ।

तर समितिले राजधानी कहाँ रहने भन्ने टुंगो लगाउन सकेन। राजधानीका लागि ३ जिल्लाका ६ ठाउँ प्रस्ताव गरेको छ । समितिले रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगंगा र बुद्ध भूमी तथा दाङको भालुवाङ र लमहीलाई प्रस्ताव गरेको छ ।

हिउँदे अधिवेशन सकिँदै गर्दा समितिले प्रदेशको नाम र राजधानीबारे अन्तिम टुंगो लगाएर प्रदेशसभामा पेश गर्ने तयारी गरेको हो।

प्रदेश सभाको दुई तिहाईले नामाकरण पारित गर्नुपर्ने कानुनी ब्यवस्था छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।