मुख्य समाचार राजनीति

लकडाउन जेठ २० सम्म बढाउन उच्चस्तरीय समितिको सुझाव

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन १५ दिन थप्न सरकारलाई सुझाव दिएको छ। भोलि जेठ ५ सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन उच्चस्तरीय समितिले सिफारिस गरेको हो ।

विभिन्न स्थानमा कोभिड-१९ को स‌ंक्रमण देखिइरहेको र दुई जना संक्रमितको २४ घण्टा भित्र मृत्युसमेत भएकाले लकडाउन अहिले खोल्न नहुने निष्कर्षमा समिति पुगेको समितिमा रहेका एक मन्त्रीले बताए ।

"लकडाउनका कारण ठूलो दुर्घटनाबाट जोगिएको छ । यसैले यसको विकल्प छैन। लकडाउनलाई थप कडा बनाउन सिफारिस गरिएको छ"।
नारायणप्रसाद बिडारी, सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

लकडाउनबारे निर्णय गर्न अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।