समाचार

भारतमा वैशाख २१ गतेसम्म लकडाउन

भारतमा लकडाउन वैशाख २१ (मे ३) सम्म थपिएको छ। मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन थप १९ दिन बढाउने घोषणा गरेका हुन्। मोदीले आउदो एक साता कोरोनाको लकडाउन कडाई गर्ने घोषणा गरेका छन् ।

मोदीले यस अघि मार्च २४ मा सम्बोधन गर्दै २१ दिने लकडाउन घोषणा गरेका थिए भने त्यस बिचमा पटक पटक सार्वजनिक सम्बोधन गर्दै लकडाउन पालना गर्न सार्वजनिक अपिल समेत गरेका थिए । त्यसको अवधि आजै सकिन लाग्दा मोदीले थप १९ दिन बढाउने घोषणा गरे।

मोदीले राज्य र नागरिकस्तरबाटै लकडाउन बढाउन सुझाव आएको पनि बताए। भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि लकडाउन बढाउन राज्य सरकारहरुले माग गरेका थिए। केही राज्यले आफै लकडाउन बढाइसकेका छन्।

भारतमा अहिलेसम्म कोरोनाका संक्रमितको संख्या १० हजार नाघेको छ । अहिलेसम्म १० हजार ३६३ पुगेको छ । र हाल सम्म ३ सय २४ जनाको ज्यान गएको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।