मुख्य समाचार समाज

लकडाउन जेठ ३२ गते जारी राख्ने मन्त्रिपरिषदको निर्णय – १२ दिन थप

फाइल तस्बिर : मन्त्रिपरिषद् बैठक

कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले हाल भइरहेको लकडाउनलाई १२ दिन लम्ब्याउने भएको छ। शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बन्दाबन्दी जेठ ३२ गते सम्म लम्ब्याउने निर्णय गरेको छ।

चैत ११ गतेदेखि सुरु भएको लकडाउनले जनताको जिवन कष्ट्कर भएसँगै आठौ पटक थपिएको यस लकडाउनमा मोडालिटी परिवर्तन हुनसक्नेछ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द गर्ने निर्णय गरेको छ।

लकडाउन शृखला

सरकारले पहिलो पटक चैत ११–१८ गतेसम्म लकडाउन घोषणा गरेको थियो ।

कोरोना भाइरस संक्रमित बढ्दै गएपछि सरकारले पहिलोपटक चैत ११ देखि १८ सम्म, १८ देखि चैत २५ सम्म, २५ देखि वैशाख ३ सम्मवैशाख ३ देखि १५ सम्म, वैशाख १५ देखि २५ सम्म, वैशाख २५ देखि जेठ ५जेठ ६ देखि जेठ २०गतेसम्म लकडाउन बढाउने निर्णय गरेको थियो ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा कोभिड-१९ संक्रमितको संख्या १,४०१ पुगेको छ, ६ जना संक्रमितको मृत्यु भएको छ भने २१९ जना निको भएर घर फर्किएका छन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।