समाचार

लकडाउनलाई निरन्तरता दिने उच्चस्तरीय समितिको सुझाव

कोरोना भाइरसको संक्रमणको जोखिम अहिले पनि रहेको भन्दै लकडाउन खुला नगर्न तथा केही समय को लागी थप गर्न विज्ञहरुले सुझाव दिएका छन्। मंगलबार बालुवाटारमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा संक्रमण शुन्यमा झार्ने विषयमा छलफल भएको थियो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बैठकमा मंगलबार प्रधानमन्त्री केपी ओलीको समेत सहभागिता थियो।

बैठकमा विज्ञहरूले तत्काल लकडाउन खुला गर्दा मानिसको आवतजावत बढ्ने र एक ठाउँमा भएको संभावित जोखिम अन्यत्र पनि फैलन सक्ने भन्दै लकडाउन तत्काल खुला नगर्न सुझाव दिएका हुन्।

मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार ‘कृषि क्षेत्रका कामलाई सुरक्षाका मापदण्ड अपनाएर निरन्तरता दिने र तिनलाई स्वभाविक ढंगले अगाडि बढाउने का साथै 'संक्रमणलाई रोक्ने र शून्यमा झार्ने तर्फ भएसम्मका सबै प्रयास जारी राख्ने' विषयमा छलफल भएको हो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।