समाज

लकडाउन थप एक साता बढाउन उच्चस्तरीय समितिको सुझाव

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन एक साता थप्न सरकारलाई सुझाव दिएको छ ।

शनिबार बसेको समितिको बैठकले लकडाउनकै कारणले नेपालमा संक्रमणको दर नियन्त्रित रहेको जनाउँदै एक सातासम्म लकडाउन थप्न सरकारलाई सिफारिस गरेको हो । यसका साथै कोभिड-१९ न्युन जोखिम ठाउँ हेरेर खुकुलो गर्न सकिने समेत सुझाव दिएको छ।

एक महिनादेखि जारी लकडाउनको मोडालिटीबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको आज बसेको बैठकले अर्को हप्ता पछी अर्काे मोडलमा जान सकिने जनाएको छ । समितिले सचिवस्तरीय समिति गठन गरी लकडाउनको विषयमा छलफल गरेको थियो ।

समितिले सुझाव दिए पनि लकडाउनको विषयमा भोलि बस्ने मन्त्रिपरिषदले नै अन्तिम निर्णय गर्नेछ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।