राजनीति

सीमामा पर्खाल र काँडेतार लगाउँ - माधव नेपाल

फोटो: रासस

संघिय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले नेपाल–भारत सीमा को बारेमा बारम्बार विवाद र प्रतिबाद गर्नुभन्दा भारतसँगको सिमानामा पर्खाल वा काँडेतार लगाउनु उपयुक्त हुने सुझाब दिएका छन् ।

"जहाँ पनि समस्या पाइराखेको छ। सीमा मिच्ने काम भइराखेको छ। पिलर भत्काउने अनि सार्ने काम भइराखेको छ। बाँध बाँध्ने दसगजा क्षेत्रमा यस्तो काम भइराखेको छ। त्यसपछि हुँदाहुँदा त सुरक्षा फौजको तैनाथी र बाटो निर्माण पनि भयो। त्यसैले नियमन गर्ने काममा ध्यान दिन पर्‍यो। नियमनलाई कसरी व्यवस्थित गर्न सकिन्छ। अझ सीमा नै पनि कसरी व्यवस्थित गर्न सकिन्छ भन्‍ने कुरामा जानै पर्ने भो।" आफ्नो धारणा नेता नेपालले राख्नुभयो ।

यसैगरी उनले नेपाली राजनीतिक दलहरु एकजुट भई यस विषयमा अगाडी बढ्नुपर्ने बताएका छन् ।

आफ्नो धारणा राख्दै उनले सरकारले नेपालको राजनीतिक नक्सा छिट्टै प्रकाशित गर्नुपर्ने समेत बताएका छन्। यस्तै विद्यार्थीलाई पढाउने पुस्तकमा समेत नेपालको नक्सा प्रकाशित गर्ने विषयमा विवाद भएको उल्लेख गर्दै विद्यार्थीले वास्तविक नक्साको अध्ययन गर्न पाउनुपर्ने बताए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।