मुख्य समाचार राजनीति

नेकपा विवाद: ओली-प्रचण्डबीच सहमति पछि छ सदस्यीय कार्यदल

फाइल तस्बिर: प्रधानमन्त्रीको सचिवालय।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीमा उत्पन्न विवाद समाधान गर्ने उपाय सिफारिस गर्न छ-सदस्यीय कार्यदल बनाउने सहमति भएको नेताहरूले बताएका छन्।

बिहान प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भएको छलफलपछि गठित कार्यदलमा महासचिव पौडेल संयोजक छन्। प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुषाल सदस्य तोकिएका छन्।

नेकपाभित्र महासचिव पौडेल र पोखरेललाई प्रधानमन्त्री ओलीनिकट मानिन्छ। शर्मा र भुषाल अर्का अध्यक्ष प्रचण्डनिकट र नेता रावल र पाण्डे पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नजिक मानिन्छन्।

कार्यदललाई आफ्नो सिफारिस प्रस्तुत गर्ने समयसीमाबारे अहिलेसम्म केही नभनिएकाले पहिलो बैठक बसेपछि मात्रै समयसीमा र कार्यादेशबारे केही बताउन सकिने एक नेताले बताए।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार तथा नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले शुक्रवार भएको भेटमा दुई अध्यक्षहरूबीच तीनवटा कुरामा सहमति भएको जानकारी दिए।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।