मुख्य समाचार राजनीति

नेकपा कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन

नेकपामा सहमति - ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले आज (शनिबार) अपरान्ह प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई कार्यदलले प्रतिवेदन बुझाएको हो। साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार पारेर बुझाएको कार्यदलका सदस्यले जानकारी दिनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार गरेको छ। आज भदौ ६ गते साँझ ४:४५ बजे प्रतिवेदन अध्यक्षद्वयलाई बुझाइएको छ, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमार्फत जानकारी दिएका छन्।

नेकपाको असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा विवाद उत्पन्न भएपछि त्यसलाई समाधान गर्न अध्यक्षद्वयको संवाद र भेटबाट असमर्थ भए पछि त्यसको जिम्मा कार्यदललाई दिएका थिए। बिष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य थिए। कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन हुनुपर्ने माग उठेपछि भदौ १ गते बालुवाटारमा बसेको सचिवालयको बैठकले अनुमोदन गरेको थियो।

कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार ओलीले पूर्णरुपमा सरकार चलाउने निचोड निकालेको छ। प्रतिवदेनमा पार्टीको पूर्ण अधिकार प्रचण्डले लिने, मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर पनि गरिने भएको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।